२९ सय नाघेर झर्यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
सारांश
- सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ ।
- कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो ।
- १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन ।

१९ फागुन, काठमाडौं । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन । अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया