यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
अमरेश कुमार पाण्डे
१९ फागुन, बारा । दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन गर्दै यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख अविन्दर दासले बताएका छन्। दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा सँचालन गरेकोले पारदर्शी हुने बिश्वास लिएको समेत कार्यालय प्रमुख दासले जानकारी दिएका छन्।
कार्यालय प्रमुख दासको अनुसार बिगतमा एक हप्ता वा दुई हप्तामा सवारी चालक अनुमतिपत्रको लिखित सँचालन गर्दा परीक्षार्थीहरुको सँख्या धेरै हुने गरेको थियो। जसले गर्दा सवारी चालक अनुमतिपत्रको आवेदकहरुलाई कार्यालयमा तिन दिन आउनु पर्थ्यो । आवेदकलाई पहिलो दिन बायोमेट्रिक गर्न आउनु पर्थ्यो। त्यसपछि लिखित र ट्रायलको सुचना जारी भएपछि दोस्रो दिन लिखित परीक्षा दिन र तेस्रो दिन ट्रायल परीक्षा दिन आउनु पर्थ्यो।
परीक्षार्थीहरु धेरै हुने भएकोले लिखित र ट्रायलको परीक्षा दिन धेरै समय लाग्ने भएकोले सेवाग्राहीहरुलाई आर्थिक भार सहित समय पनि लाग्ने गरेको थियो । तर आफु यातायात व्यवस्था कार्यालय बारामा हाजिर भएदेखि नै सेवाग्राहीहरुको हितमा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गरेको बताएका छन्।
सवारी चालक अनुमतिपत्रको लागि प्रायः गरी दैनिक रुपमा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गर्दा परीक्षार्थीहरु सँख्या कम हुने गरेको सेवाग्राहीहरुलाई सजिलो तथा आर्थिक भार कम हुने गरेको छ। सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सजिलो भएको छ। साथै परीक्षार्थीहरु सँख्या पनि कम भएकोले पारदर्शी समेत भएको दाबी गरेका छन्।
साथै आफु यातायात व्यवस्था कार्यालय कलैयामा हाजिर भएको करिब डेढ महिनामा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गरेकोले दुई करोड २४ लाख २२ हजार ९२१ राजश्व संकलन समेत भएको जानकारी दिएका छन्। चालु आर्थिक बर्षको सात महिनामा यातायात व्यवस्था कार्यालय कलैयाबाट राजश्व संकलन भएको जम्मा चार करोड ७९ हजार २५ हजार ४६८ रुपैँयामा उक्त रकम डेढ महिनामा नै सँकलन भएको कार्यलय प्रमुख दासले यस दैनिकलाई जानकारी गराएका छन्।
Post Comment