प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक

सारांश

  • राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्‌मा पेस गर्ने तयारी भएको बताएका हुन्।
  • उक्त विधेयकहरू संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्‌मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए।
  • मन्त्री लेखकले सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको बताए।

१८ फागुन,  काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारी भइरहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्‌मा पेस गर्ने तयारी भएको बताएका हुन्।

उक्त विधेयकहरू संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्‌मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए। मन्त्री लेखकले सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको बताए। उनले भने, ‘सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालयले गम्भीर र संवेदशनशील ढंगबाट काम गरिरहेको छ।’

उनले आफूले गृहमन्त्रीका रूपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरू भएको जानकारी गराए। ‘यहाँहरूको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरूबाट शान्तिसुरक्षा, सेवाप्रवाह, विपद् व्यवस्थापनलगायत विषयमा सुधारका लागि व्यक्त गर्नुभएका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ’, मन्त्री लेखकले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति