खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो

सारांश

  • पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
  • शनिबार (फागुन १७) बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
  • उनी शुक्रबार बेलुका ८ बजेदेखि हराएकी थिइन्।

 

संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा एक महिलाको शव फेला परेको छ। पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो। शनिबार (फागुन १७) बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनी शुक्रबार बेलुका ८ बजेदेखि हराएकी थिइन्। पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका निम्ति जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?