२६ जेष्ठ २०८२, आईतवार

बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?

 

१५ फागुन, काठमाडौं – बैंकिङ प्रणालीबाट एकै दिन २० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १६ गते एकै दिन बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बाहिरिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ थियो। तथ्यांक उक्त २० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट बाहिरिएको हो।

फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। फागुन १२ मा बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ थियो। फागुन १२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?