बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

सारांश

  • बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् ।
  • निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो ।
  • निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए ।

१५ फागुन, बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए । ‘बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ’, उनले भने । पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत सङ्घसस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्याङ्क बाहिर आउने उल्लेख गरे ।

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा दुई किलोमिटरको दूरीमा क्यामेरा जडान गरेर पाटे बाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिए । ती क्यामेरा करिडोरमा एक साता अघि लगाइएको थियो । उनले क्यामेरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको उल्लेख गर्दै बाघ कुनकुन बाटोबाट हिड्छन् भन्ने जानकारी समेत प्राप्त भइरहेको बताए । वन प्रमुख गुप्ताले जडान गरिएका क्यामेरा १५ दिनसम्म कम्दी करिडोरमा रहने जानकारी दिँदै क्यामेराबाट बाघ र आहारा प्रजातिको वास्तविक तथ्याङ्क आउने बताए । ‘

यसको विस्तृत तथ्याङ्क आएपछि प्राविधिक टोलीले विश्लोषण गर्नेछ र आगामी दिनका लागि योजना बनाइने छ’, उनले भने । यसअघि भएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका पाइएको गुप्ताले जानकारी दिए ।  बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ मा स्थापना भएको थियो । एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु
कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन