जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

सारांश

  •  उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
  • सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ ।
  • स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

१५ फागुन, काठमाडौं ।  उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ । स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ । ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ‘ठुलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताउनुभएको छ । आगलागीको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो ।

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ’तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ । उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो ।” अर्का एक जना ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भन्नुभयो, “यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलो पटक देखेको हुँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का