Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

सारांश

  • बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ ।
  • निक्षेप संकलन उपकरण बोलकबोलमार्फत मंगलबार केन्द्रीय बैंकले २२ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
  • गत साता आइतबार र मंगलबार दुई दिन निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गरेको थियो।

 

१३ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत मंगलबार केन्द्रीय बैंकले २२ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।गत साता आइतबार र मंगलबार दुई दिन निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गरेको थियो।

गत आइतबार ३० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले १६ अर्ब २० करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो । पछिल्लो केही महिना यता निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च भएको र सरकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिकत तरलताको चाप घट्दै गएको छ । निक्षेप संकलन उपकरणमा बोलकबोल आहवान गरेको रकम बराबरको आवदेन पर्न छोडेको छ भने ब्याजदर समेत बढेर ३ प्रतिशतमा पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवातबाट नै अधिक तरलता रहेको बैंकिङ प्रणालीमा पछिल्लो केही महिना यता भने उक्त चाप केही कम हुँदै गएको हो । आर्थिक वर्षको सुरुवातमा साढे ३ खर्ब भन्दा धेरै रकम प्रशोचन गरेर केन्द्रिय बैंकमा मौज्दात रहँदै आएकोमा पछिल्लो पटक ११ फागुनमा उक्त रकम २ खर्ब ३१ अर्ब ९० करोडमा झरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत अन्तरबैंक ब्याजदर नीतिगत दरको हाराहारीमा कायम राख्ने घोषणा गरेको थियो । तर, केन्द्रीय बैंकले भारित औसत अन्तरबैंक दरलाई निक्षेप संकलन दरको हाराहारीमा मात्रै कामय राख्न सफल भएको छ ।

केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधामार्फत् तरलता प्रशोचन गरिरहेको छ । त्यसका साथै निक्षेप संकलन बोलकबोलमार्फत पनि तरलता प्रशोचन गरेको छ । तर, निरन्तर अधिक तरलता रहेको अवस्थामा अपेक्षित रुपमा कर्जाको माग नभएको र बैंकहरुसँग वैकल्पिक लगानीका क्षेत्र नहुँदा केन्द्रिय बैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ । जसले चालु आर्थिक वर्षको सुरुवातबाट नै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि लाग्न सकेको छैन । जबकी मौद्रिक नीतिमा नीतिगत दर ५ प्रतिशत तोकिएको छ ।

पछिल्ला महिनामा कर्जा विस्तारमा केही सुधार देखिएको र निक्षेप वृद्धि सोही अनुपातमा हुन नसकेको तथा नेपाल सरकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिक तरलताको चाप केही कम भएको हो । यद्यपी अपेक्षित रुपमा कर्जा विस्तार हुन नसक्दा केन्द्रिय बैंकले अझै पनि निरन्तर तरलता खिच्नुपर्ने अवस्था कायम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
४४ उपसचिवको सरुवा (नामावलीसहित)
४४ उपसचिवको सरुवा (नामावलीसहित)
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर