रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
९२ पटक हेरिएको
Shares
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

सारांश

  • खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ ।
  •   गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
  • उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१३ फागुन,  रोल्पा : रोल्पाको दक्षिणी त्रिवेणी गाउँपालिका-६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ ।  गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी चौकीका प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुग्दा असिम्ता मृत फेला परेकी थिइन्।

इलाका प्रहरी चौकी होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको थप प्रहरी समेत घटनास्थल पुगेको थियो । हत्या आरोपमा खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  गाउँलेका अनुसार बुढामगरले श्रीमतीलाई बेलाबेलामा कुटपिट गर्दथे । के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन
वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै