सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
१२२ पटक हेरिएको
Shares
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा

सारांश

  • झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान आज मोरङ पुगेको छ ।
  • आज मंगलबार र बुधबार मोरङका विभिन्न ठाउँमा कार्यक्रम राखिएको छ ।
  • आजको एउटा जनसभा कानेपोखरी-६ को रमाइलो बजारमा आयोजना गरिएको छ ।

 

१३ फागुन, काठमाडौं । झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान आज मोरङ पुगेको छ । आज मंगलबार र बुधबार मोरङका विभिन्न ठाउँमा कार्यक्रम राखिएको छ । आजको एउटा जनसभा कानेपोखरी-६ को रमाइलो बजारमा आयोजना गरिएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना हुने भएपछि त्यहाँ नजिकका दुई निजी विद्यालयले बिदा दिएका छन् । ध्वनि प्रदूषणका कारण पढाइ प्रभावित हुने भएकोले नजिकै रहेका पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले आज एक दिन बिदा दिएका हुन् ।रमाइलोको जनसभाका आयोजना गरेपछि माओवादीले त्यहाँका चारवटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको थियो । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएको थियो ।

त्यसमध्ये नजिकका दुई स्कुलले बिदा दिएका हुन् । पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

माओवादीको अभियानअन्तर्गत मंगलबार रमाइलोको सभापछि दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी  मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ ।  कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबार विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत
राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत
धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद
धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी