आज मन्त्रिपरिषद्को बैठक बस्दै
११ फागुन, काठमाडौँ — आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् । सरकारले संसद् सञ्चालन हुनुभन्दा अगावै विभिन्न ६ वटा अध्यादेशहरू ल्याएपनि ती अध्यादेशहरू संसद्मा पेश हुन सकेका छैनन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत नजुट्दा सरकारले अध्यादेशहरू पेश गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment