२६ भाद्र २०८२, बिहीबार

युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए

 

९ फागुन, रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएको खबर सार्वजनिक भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार अघिल्लो दिन रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएका हुन्। यस्तै ६ जना घाइते भएका छन्।  यस विषयमा रुसी सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

स्थानीय अधिकारीहरूले आक्रमणबाट डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रहरूमा दर्जनौँ घर ध्वस्त भएको र पूर्वाधारमा क्षति पुगेको बताएका छन्।क्षेत्रीय प्रमुख वादिम फिल्यास्किनले टेलिग्राम पोस्टमा डोनेट्स्कबाट लगभग १८३ जनालाई बाहिर निकालिएको बताएका छन्। अधिकारीहरूका अनुसार रुसी आक्रमणले किभ र पोटेम्का क्षेत्रहरूमा पूर्वाधार र विद्युत लाइनमा पनि क्षति पुर्‍याएको छ। यसैबीच युक्रेनी वायुसेनाले रातारात प्रक्षेपण गरिएका १६० रुसी ड्रोनमध्ये ८७ वटालाई खसालेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment