हेटौंडामा घरको छतबाट लडेर एकको मृत्यु
९ फागुन, हेटौंडा — हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा घरको छतबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अधिकारी बिहीबार हेटौंडा आएर सानोपोखरास्थित भिनाजुको घरमा बसेका थिए । शुक्रबार बिहान ११ बजेको समयमा तीन तलामाथि छतबाट खस्दा अधिकारी गम्भीर घाइते भएका थिए । घाइते अधिकारीलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा अधिकारीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment