लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
९ फागुन, धरान : लागुऔषधसहित प्रहरीले धरानबाट तीनजना कारोबारीलाई पक्राउ गरेको छ । बिहीबार राति धरान उपमहानगरपालिका-१५ स्थित निराजन बस्तिबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
पक्राउ पर्नेमा धरान-१५ का मन्दिप राई,सन्दिप राई र करण थापा रहेको एसपी तिम्सिनाले बताए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ७ सय ८५ ट्याब्लेट र स्पास्पेन ८सय ३५ ट्याब्लेट बरामद भएको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment