सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
४ फागुन, काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रुपैयाँ घटेको हो ।
आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment