सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

सारांश

  • बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
  • शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए ।
  • सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो ।

३ फागुन, ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए ।

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए । आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ ।

अध्यक्ष मगरले भने, ‘आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन् ।’ आगलागीको कारण अझै पत्ता लागेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य