२६ जेष्ठ २०८२, आईतवार

च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो

 

१ फागुन,  भारतले एकदिवसीय शृङ्खलामा इङ्ल्यान्डलाई ३-० ले हराउँदै च्याम्पियन्स ट्रफीको तयारी पूरा गरेको छ। यससँगै टोलीले एकदिवसीय शृंखला ३–० ले ‘क्लिन स्वीप’ गर्यो।  अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बुधबार भएको तेस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

शुभमनको शतकको आधारमा भारतले ३५६ रन बनायो।  जवाफमा इङ्ग्ल्याण्डले ३४.२ ओभरमा २१४ रन मात्र बनाउन सक्यो। शुभमन गिलले ११२, श्रेयस अय्यरले ७८, विराट कोहलीले ५२ र केएल राहुलले ४० रन बनाए। हर्षित राणा, अर्शदीप सिंह, अक्षर पटेल र हार्दिक पाण्ड्याले २-२ विकेट लिए। इङ्ल्यान्डका आदिल रशिदले ४ विकेट लिए। टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो ओभरमै पहिलो विकेट गुमायो। शुभमनले यहीँबाट शतक प्रहार गरे। उनले विराट कोहलीसँग ११६ रन र श्रेयस अय्यरसँग १०४ रनको साझेदारी गरे। शुभमनले ११२ रन बनाए र ठूलो स्कोरको जग बसाले। शुभमनले शृङ्खलाका तीनै एकदिवसीय खेलमा ५० भन्दा बढी स्कोर बनाए। उनले नागपुरमा ८७, कटकमा ६० र अहमदाबादमा ११२ स्कोर गरे। यस प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment