रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर

सारांश

  • मन्त्री राई चढेको गाडीले आइतबार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।
  • घटना सामान्य हो।

 

काठमाडौं : रक्षामन्त्री मानवीर राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री राई चढेको गाडीले आइतबार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। घटना सामान्य हो। मन्त्रीज्यू सवार गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ। ग्लास बनाइसकेर दुवै पक्ष आ-आफ्नो गन्तव्यमा गइसकेका हुन्’, उनले भने। उनले त्यस घटनाबाट कुनै मानवीय क्षति वा घाइते नभएको बताए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?