धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
१ पटक हेरिएको
Shares
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

सारांश

  • २४ माघ, धनगढी ।
  • धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।
  • बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

२४ माघ, धनगढी ।

धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी