१२ श्रावण २०८२, आईतवार

प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक

 

२७ फागुन,  काठमाडौं । लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको चुनौती पेश गरेको छ । सिद्धार्द रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारि ५० ओभरमा ८ विकेट गुमाएर २८४ रन जोड्यो । यो प्रधानमन्त्री कपको हालसम्मको उच्चस्कोर हो । मधशका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । पवन सर्राफले ८५ बलमा ९२ रनको विशाल स्कोर जोडे ।

त्यसक्रममा उनले ११ चौका र २ छक्का हिर्काए । कप्तान अनिल साहले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रननै जोडेको खेलमा दिपेश दास ६० बलमा ५६ रनमा अविजित रहे । त्यस्तै हरिशंकर साह २९, मयन यादव र रुपेश सिंह समान १० रनमा आउट हुँदा मधेशले १२ रन अतिरिक्तमा पायो । कोशीका लागि विपिन महतो र प्रकास कार्कीले समान २ तथा फिर्दोस अन्सारी र दिपेश कँडेलले समान १ विकेट लिए । प्रधानमन्त्री कपमा मधेशको यो पहिलो खेल हो । दोस्रो खेल खेल्न लागेको कोशीले हिजो आफ्नो पहिलो खेलमा हार ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?