११ श्रावण २०८२, शनिबार

दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड

२२ माघ, म्याग्दी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि आफूहरू दलाल र बिचौलियाको घेरामा परेको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो घेरा तोडेर अब माओवादी आफ्नै वर्ग र समुदायतर्फ फर्किने अभियानमा लागेको बताए ।

पार्टीले के-के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बीचमा जाने अभियान शुरू गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।  ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो ।

फेरि अब हामीले त्यो घेरा तोडेका छौं’, प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ ।’२०८४ मा ०६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने उनको भनाइ छ ।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’, प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?