रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
२३ मंसिर, रौतहट ।
सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव डुबेर बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।
पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।
Related posts:
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment