भारतले जित्यो यु १९ विश्वकपको उपाधि
२१ माघ, काठमाडौं । भारतले यू १९ महिला टी–२० विश्वकपको उपाधि लगातार दोस्रोपटक जितेको छ। आइतबार क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो। दक्षिण अफ्रिकी टोली ८२ रनमै अलआउट भएको थियो ।
८३ रनको सहज लक्ष्य भारतले १ विकेटको क्षतिमा ११.२ ओभरमै प्राप्त गरेको थियो । सन् २०२३ देखि शुरू भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको पहिलो संस्करणमा पनि भारतले जितेको थियो । भारतले दुई वर्षअघि फाइनलमा इंग्ल्यान्डलाई हराएको थियो। विजेताको लागि गोंगादी तृषाले नटआउट रहँदै सर्वाधिक ४४ रन बनाइन्। प्रतियोगिताभरि ७ खेलमा ३ सय ९ रन बनाएकी उनी सर्वाधिक रनकर्तासमेत हुन्। तृषाले बलिङमा समेत शानदार प्रदर्शन गरेकी थिइन्।
उनले दक्षिण अफ्रिकाका तीन विकेट लिएकी थिइन्। प्रतियोगितामा नेपालले समेत सहभागिता जनाएर नेपाली क्रिकेटमा इतिहास रचेको थियो। कुनै पनि उमेर समूहमा नेपालको महिला टोली पहिलोपटक आईसीसी विश्वकपमा सहभागी भएको यो नै पहिलो अवसर थियो। समूह चरणबाट बाहिरिएको नेपाल १६ टोली सहभागिता यस प्रतियोगितामा १४ औं स्थानमा रहेको थियो।
Post Comment