भारतले जित्यो यु १९ विश्वकपको उपाधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
भारतले जित्यो यु १९ विश्वकपको उपाधि

सारांश

  • भारतले यू १९ महिला टी–२० विश्वकपको उपाधि लगातार दोस्रोपटक जितेको छ।
  • आइतबार क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो।
  • दक्षिण अफ्रिकी टोली ८२ रनमै अलआउट भएको थियो ।

२१ माघ,  काठमाडौं । भारतले यू १९ महिला टी–२० विश्वकपको उपाधि लगातार दोस्रोपटक जितेको छ। आइतबार क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो। दक्षिण अफ्रिकी टोली ८२ रनमै अलआउट भएको थियो ।

८३ रनको सहज लक्ष्य भारतले १ विकेटको क्षतिमा ११.२ ओभरमै प्राप्त गरेको थियो । सन् २०२३ देखि शुरू भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको पहिलो संस्करणमा पनि भारतले जितेको थियो । भारतले दुई वर्षअघि फाइनलमा इंग्ल्यान्डलाई हराएको थियो। विजेताको लागि गोंगादी तृषाले नटआउट रहँदै सर्वाधिक ४४ रन बनाइन्। प्रतियोगिताभरि ७ खेलमा ३ सय ९ रन बनाएकी उनी सर्वाधिक रनकर्तासमेत हुन्। तृषाले बलिङमा समेत शानदार प्रदर्शन गरेकी थिइन्।

उनले दक्षिण अफ्रिकाका तीन विकेट लिएकी थिइन्। प्रतियोगितामा नेपालले समेत सहभागिता जनाएर नेपाली क्रिकेटमा इतिहास रचेको थियो। कुनै पनि उमेर समूहमा नेपालको महिला टोली पहिलोपटक आईसीसी विश्वकपमा सहभागी भएको यो नै पहिलो अवसर थियो। समूह चरणबाट बाहिरिएको नेपाल १६ टोली सहभागिता यस प्रतियोगितामा १४ औं स्थानमा रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ