ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
१९ माघ, काठमाडौं – स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment