८ श्रावण २०८२, बुधबार

प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह

 

१८ माघ,  काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् । उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए ।  प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए ।

उनले देशको इमेजलाई माथि राख्न आग्रह गरे ।  ‘नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे प्रधानमन्त्री ज्यू । नेपाल निराश भएको छ । संसद् किन ढिलो बोलाउनुभयो ? संसद्मा छलफल भएको विधेयक किन अध्यादेशबाट ल्याउनुभयो ? उनले भने, ‘प्रहरी र निजामती ऐन रोकेर बस्नुभयो । मौलिक हक ल्याउनुभएन । तपाई साँच्नै संविधानप्रति उत्तरदायी भए खै त कार्यान्वयन गरेको ? सांसदलाई पङ्गु बनाउने ?’ उनले सांसद र जनप्रतिनिधिलाई सरकारले कालिन्दा बनाएको बताए । उनले भूमि अध्यादेशले को खुसी छ भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?