डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १७, २०८१
|
|
७१ पटक हेरिएको
Shares
डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई

सारांश

  • १७ माघ, सर्लाही ।
  • सर्लाहीको मलंगवामा आयोजना गरिएको डिस होम करपोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन ३ को उपाधी राजश्री सेभिङ्ग को अपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ ।
  • डिसहोमले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनल खेलमा कामना विकास बैंकलाईलाई पराजित गर्दै राजश्रीले उपाधी हात पारेको छ ।

सुनिल ठाकुर ।

१७ माघ, सर्लाही । सर्लाहीको मलंगवामा आयोजना गरिएको डिस होम करपोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन ३ को उपाधी राजश्री सेभिङ्ग को अपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ ।
डिसहोमले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनल खेलमा कामना विकास बैंकलाईलाई पराजित गर्दै राजश्रीले उपाधी हात पारेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेका राजश्री निर्धारित ५ ओभरको खेलमा ३ विकेटको क्षतिमा ४८ रन बनाएका थिए । राजश्रीका लागि प्रविण यादवले सर्वाधिक ३३ रन बनाएका थिए । कामना विकास बैैंकका लागि संजोग शर्माले सर्वाधिक २ विकेट लिएका थिए ।

जवाफमा व्याटिङ्ग गर्न आएका कामना विकास बैंकले ५ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएका थिए । कामनाका लागि अजय चौधरीले सर्वाधिक २८ रन बनाएका थिए । राजश्रीका लागि रजनिश यादवले सर्वाधिक २ विकेट लिएका थिए । फाइनल खेलको म्यान अफ द म्याच राजश्रीका प्रविण यादव भएको प्रयोगिताका आयोजक लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवाश गुप्ताले जानकारी दिएका छन् ।

विजेता टिमलाई ट्रफी, प्रमाण पत्र तथा डिसहोमको तर्फबाट २ सय एम वि पी एसको ३ महिनाको नेट फ्री दिएको छ । त्यसैगरी उपविजेतालाई ट्रफी, प्रमाण पत्र र दुई सय एम वि पी एसको ३ महिनाको नेट फ्रि दिएको गुप्ताले बताएका छन् । बुधवारदेखि मलंगवाको कर्वड हलको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा सर्लाही सदरमुकाम मलंगवाका १० वटा वित्तिय संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्
रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला
बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा