एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
१५ माघ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ ।
Related posts:
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment