कांग्रेस संसदीय दलको बैठक आज पनि
१४ माघ, सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने छ । बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ ।
सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् । आज मन्त्रीहरूले आफ्नो धारणा राख्ने तयारी छ । बैठकमा प्रमुख सचेतक श्याम घिमिरेले संसदीय समितिदेखि संसद बैठकसम्म नियमित उपस्थित हुन सांसदहरूलाई भनेका थिए । ‘अनुशासन समिति बनिसक्यो । माननीय एक्टिभ भएर बस्नुपर्छ । कांग्रेसको कमजोर प्रस्तुति हुन दिन्नँ म । माननीयहरू नै उपस्थित नहुने कुरा राम्रो होइन,
कडाइका साथ मैले भनेँ भन्नुभयो,’ बैठकमा सहभागी सांसदले भने । प्रमुख सचेतक घिमिरेले सरकारले ल्याएको अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको जानकारी दिए । ‘अध्यादेश किन ल्याउनुपर्यो ? यसभित्र के–के छन् ?,’ घिमिरेले बैठकमा भएको छलफलबारे भने, ‘ती कन्टेन्टमा केही समस्या छन् भने पनि आज खुलेर छलफल भएको छ ।’
Post Comment