नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर

सारांश

  •   विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।
  • विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ।
  • नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.

 

१३ माघ,  नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो। माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमार्फत परीक्षणका लागि पठाएकोमा अपुष्ट भन्ने विवरण प्राप्त भएको अदालतले उल्लेख गरेको छ।  विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?