पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ
कञ्चनपुर : भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई गएराति जाँच गर्दा पेस्तोल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले कारको चालकको सिटको पछाडिको भागमा पेस्तोल राखेको फेला परेको जानकारी दिए । पेस्तोल फेला परेपछि कारमा रहेका भारतीय नागरिक सञ्जय जेठी,कोमल विष्ट, जीवन सिंह र उमेद सिंह अधिकारी पक्राउ परेका हुन्। उनीहरुलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment