काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

सारांश

  • खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।
  • प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिनुभयो ।
  • उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

१० माघः काठमाडौँ ,काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छै । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताउनुभयो । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन
सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव
सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै