माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

सारांश

  •   बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
  • नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
  • पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.

२९ पुस, काठमाडौं- वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ।

२० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमईले ५.७५ प्रतिशत, एनआईसी एसियाले ६.६० प्रतिशत, लक्ष्मी सनराइजले ५.७५ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत प्रभुले ६.१० प्रतिशत र नेपाल बैंकले ५.६० प्रतिशत दिएका थिए। माघमा पनि यही ब्याजदर ग्राहकहरुले पाउने भएका छन्। नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइजले भने  मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा