सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
सर्लाही, २८ पुस – सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको आइतबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट छतौनामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति निरन थापा र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा उपस्थित सबैले स्व. तुलाधरको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको गएको पुस १६ गते राति बोर्डर आउट पोस्ट छतौनाको अगाडि बसको ठक्करबाट मृत्यु भएको थियो। तुलाधरको योगदानको सम्मानस्वरूप निर्माण गरिएको यो स्मृति बाटिका उनको सम्झनालाई चीरस्थायी बनाउन पहल गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
Post Comment