Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
४६ पटक हेरिएको
Shares
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

सारांश

  • अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
  • उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।
  • प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए ।

 

२६ पुस,  पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौं उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।  कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ४३ करोड ५ लाख ४२ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीहरूबाट कुल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृ*त्यु
पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृ*त्यु
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा