२६ जेष्ठ २०८२, आईतवार

धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 

२६ पुस, धनकुटा — धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका-३ जौटारमा बिहीबार राति सवा ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पाख्रीबास–हिले सडकबाट १ सय ५० मिटर तल खस्दा पिकअपका चालक र सहचालक दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेका छन् ।

सहचालक मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै चालक तामाङको गम्भीर घाइते भएर जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ । दुवै शव जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?