भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
सारांश
- सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ६.
- ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
- भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

२३ पुस, काठमाडौं- चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।


![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया