भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

सारांश

  • चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ ।
  • तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
  • सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.

२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने
कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक