काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
२२ पुस, काठमाडौं । काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान ८ बजेर ५ मिनेट जाँदा सडकमै बस्ने करिब ५५-६० वर्ष उमेरका पुरुष मृत फेला परेका हुन् । उनको वतन खुलेको छैन । मृतकको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मृतकले कालो पाइन्ट, खैरो ज्याकेट र जुत्ता लगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment