जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
२१ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गरिरहेको छ ।वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपाल पुलिस क्लबले आर्मीविरुद्ध पहिले बलिङ रोजेको हो ।
खेलमा पुलिसले राम्रो सुरुवात गरेको छ । ४ ओभरको समाप्तीमा २ विकेट गुमाएर आर्मीले २ रन बनाएको छ । यस्तै, जनकपुरस्थित रामजानकी मल्टिपर्पस ग्राउण्डमा टस जितेर मधेसले बागमती प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ । मधेसले ५ ओभरको समाप्तीमा विनाविकेट १५ रन बनाएर खेलिरहेको छ । खेल कुहिरोका कारण केही समय ढिलो सुरु भएको थियो ।
दुई दिवसीय फर्म्याटमा खेलाइने प्रतियोगितामा चार टोलीको प्रतिस्पर्धा हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा एलिट कप मधेस प्रदेशको जनकपुर र वीरगञ्जमा हुँदैछ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
Post Comment