त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित

सारांश

  • त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि ९पिएचडी० का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
  • त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ ।
  • यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ ।

१३ पुस, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि ९पिएचडी० का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ । यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाउनु भएको छ । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत हुनुभएको छ । तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाउनुभएको छ । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह