एमालेको सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
- ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ ।
- पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।
१० पुस, काठमाडौं ।
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ । बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया