सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
३० पटक हेरिएको
Shares
सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
  • रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् ।
  • तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो ।

९ पुस, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो ।

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको र सरकार सञ्चालनमा भएकाहरू अलमलिएको प्रतिक्रिया दिने गरेको बताइन् । कांग्रेसले सञ्चालन गरेको अभियान सङ्गठनलाई मजवुद बनाउन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटाइएको बताइन् । समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको उनले बताइन् ।

वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरताको अन्त्य सँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा आएको सङ्ग्रौलाले बताइन् ।  संविधान संशोधनमा निर्वाचन प्रणाली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ सङ्ग्रौलाले  कार्यदल मार्फत अगाडी बढाउने बताइन् । वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भ्रष्ट्राचार गर्नेलाई कारबाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
प्राधिकरणको बोर्ड बैठक :  विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
सुनको मूल्यमा भारी गिरावट
सुनको मूल्यमा भारी गिरावट