Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
६१ पटक हेरिएको
Shares
सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
  • रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् ।
  • तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो ।

९ पुस, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो ।

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको र सरकार सञ्चालनमा भएकाहरू अलमलिएको प्रतिक्रिया दिने गरेको बताइन् । कांग्रेसले सञ्चालन गरेको अभियान सङ्गठनलाई मजवुद बनाउन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटाइएको बताइन् । समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको उनले बताइन् ।

वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरताको अन्त्य सँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा आएको सङ्ग्रौलाले बताइन् ।  संविधान संशोधनमा निर्वाचन प्रणाली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ सङ्ग्रौलाले  कार्यदल मार्फत अगाडी बढाउने बताइन् । वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भ्रष्ट्राचार गर्नेलाई कारबाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
आज विश्व पानी दिवस मनाइँदै
आज विश्व पानी दिवस मनाइँदै
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो