गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

सारांश

  • गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
  • सोमबार बिहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा.
  • टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा.

८ पुस, काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार बिहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने विश्वास व्यक्त गरे । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । ‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मुत्यु भएको छ । बँचेका २६ जनाले जुन सुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने ।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ ।‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौं । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ गृहमन्त्री लेखकले भने, ‘आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउँछ ।’

उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए। ‘तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कि मान्छेले मानसिक स्वास्थ्य विभागले मनोपरामर्श गर्‍यो । हामीले कति मान्छेलाई जोगाउन सक्यौं भनेर आवधिक रुपमा मुल्यांकन गर्नुपर्छ,’ उनले भने । यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
इन्डोनेसियामा भूकम्प : मृ*तकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित
इन्डोनेसियामा भूकम्प : मृ*तकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप