घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो

सारांश

  • जुन चालु आर्थिक वर्षयताकै उच्च हो यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० करोड रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
  • भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।
  • भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो ।

३ पुस,काठमाडौँ — घरजग्गा कारोबारबाट मंसिर मात्रै ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको छ । जुन चालु आर्थिक वर्षयताकै उच्च हो यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० करोड रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो । भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो । कित्ताकाट रोकिएपछि भदौ २४ ममन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन)  नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको थियो ।त्यसयता असोजमा घरजग्गा कारोबार र कित्ताकाट बढे पनि राजस्व नबढेको विभागले जनाएको थियो । कात्तिकमा समेत कारोबार र कित्ताकाट बढे पनि राजस्व अझै बढेको छैन । तर मंसिरमा घरजग्गा कारोबार र कित्ताकाटसँगै राजस्व पनि बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
बैंकिङ प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची