टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
३ पुस, नेपाल प्रिमियर लिग (एनपीएल) को फस्ट क्वालिफायरमा बुधबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ । टस जितेको जनकपुरले पहिला ब्याटिङ गरेको छ ।
उसका नियमित कप्तान अनिल साह घाइते भएपछि यो खेलमा आसिफ शेखसँगै लाहिरु मिलन्थाले ओपनिङ गरेका छन् । कप्तानी आसिफले गरेका छन् । साहको स्थानमा आकाश त्रिपाठीले मौका पाएका छन् । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । लिग चरणमा सुदूरपश्चि शीर्ष र जनकपुर दोस्रो भएर क्वालिफायर एक मा पुगेका थिए । यो खेलको विजेता टिम फाइनलमा पुग्नेछ भने पराजित टिमले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर दुई खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment