भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
३० मंसिर, काठमाडौं । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment