२६ जेष्ठ २०८२, आईतवार

आगलागी हुँदा पाँच जनाको मृत्यु

 

२९ मंसिर,  काठमाडौं । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्युरोले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित पाँच जनाको मृत्यु भएको ब्युरोले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो । आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment