सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

सारांश

  • मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।
  • बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।
  • सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ ।

२८ मंसिर, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ । सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ । लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् ।

सांसद पोखरेलको सल्लाहमा रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन् । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा
सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा
ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता
ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु