११ श्रावण २०८२, शनिबार

कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ

 

२५ मंसिर,काठमाडौँ — घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माइला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लमजुङको मर्स्याङदी गाउँपालिका-३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका-१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूले पीडितलाई ‘फ्री भिसा फ्री टिकट’मा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याई, दुबईबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याई कुवेती घर मालिकलाई ९ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?