मलंगवामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना गम्भीर घाइते
२२ मंसिर, सर्लाही । सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटना मलंगवास्थित किसन ड्राइभिङ ट्रायल सेन्टर अगाडि भएको हो।

प्रहरीका अनुसार, मलंगवाबाट कबिलासीतर्फ जाँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको BR-06BP 6525 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको हो। दुवै मोटरसाइकलमा दुई- दुई जना सवार चारै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Related posts:
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा



Post Comment